निर्मला हत्या प्रकरणः राष्ट्रिय मानव अधिकार आयोगद्वारा अनुसन्धानका विज्ञसँग छलफल

Nirmala panta 5

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाका सन्दर्भमा अपराध अनुसन्धानका विज्ञसँग बुधबार छलफल गरेको छ ।

आयोगले नेपाल प्रहरीका पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक राजेन्द्रबहादुर सिंह र विज्ञानराज शर्मा, पूर्वप्रहरी नायब महानिरीक्षक रमेश खरेल र बमबहादुर भण्डारी, पूर्वनायब महान्यायाधिवक्ता नरेन्दप्रसाद पाठक, सूर्यप्रसाद कोइराला र ठोकप्रसाद शिवाकोटीसँग छलफल गरेको हो ।

छलफलमा घटनास्थलको सुरक्षा, सूचना तथा प्रमाणको सङ्कलन प्रक्रिया, वैज्ञानिक परीक्षण विधि, प्रक्रियालगायत हालसम्म भएका अनुसन्धानबाट प्राप्त तथ्यहरुको सम्बन्धमा छलफल भएको थियो ।

घटनामा नेपाल प्रहरीबाट गरिएको प्रारम्भिक अनुसन्धान, सरकारी टोलीहरुबाट गरिएका अनुसन्धान तथा अनुसन्धान सिलसिलेवार प्रक्रियाबाट काम अघि बढिरहेका बारेमा अपराध अनुसन्धान विज्ञले जानकारी गराए ।

आयोगका कार्यवाहक अध्यक्ष प्रकाश वस्तीले पन्तको हत्यामा संलग्नको पत्ता लगाउने विषयमा भइरहेको अनुसन्धान प्रक्रियाबारे जिज्ञासा गराएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...