आजदेखि काठमाडौंमा ट्राफिक प्रहरीको विशेष कार्ययोजना लागू

Maharixyak khanal

काठमाडौं । चाडपर्वलाई लक्षित गरी ट्राफिक प्रहरीले बुधबारबाट विशेष कार्यक्रम सञ्चालन गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक प्रहरी दू्रत टोली परिचालन कार्ययोजना लागू गरेको हो ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ट्राफिक प्रहरी द्रूत टोली परिचालन कार्य योजना लागू गरिएको घोषणा गरेका हुन् । दसैं, तिहार जस्ता चाडपर्वमा ट्राफिकको उचित व्यवस्था गर्न र जनताको जीउधनको सुरक्षा गर्ने कार्यलाई अझै प्रभावकारी बनाउन बुधबारबाट सो कार्ययोजना लागू गरिएको हो।

चार पाङग्रे सवारी साधनका कारण अपराध नियन्त्रणमा कठिनाई भएपछि मोटरसाईकल परिचालन गरी सो कार्ययोजना संचालनमा ल्याउनु परेको प्रहरी महानिरीक्षक खनालले जानकारी दिए । एक महिने सो अभियानमा ५५ वटा मोटरसाईकल परिचालन गरिएको छ ।

टोलीमा ट्राफिक प्रहरी र जनपथ प्रहरी परिचालन गरिने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक बसन्त पन्तले जानकारी दिए। टोली काठमाडौं उपत्यका अन्तरगतको काठमाडौं, ललितपुर र भक्तपुरमा परिचालित हुनेछन ।

कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक खनालले सो एक महिने कार्ययोजनालाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे । एक महिनापछि सो टोलीका लागि थप ४५ वटा मोटरसाईकलको पनि व्यवस्था गर्ने प्रहरी महानिरीक्षक खनालको योजना छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...