आफ्नो ‘ब्वाइफ्रेन्ड’सँग हरेक केटीले बोल्ने ५ झुट

Couple

काठमाडौं । हरेक सम्बन्धमा अलिअलि झगडा भएन भने त्यो सम्बन्ध एकदमै दिक्कलाग्दो हुन्छ । जीवनमा यहि रमाइलोपनलाई कायम राख्नको लागि हरेक केटीले आफ्नो ‘ब्वाइफ्रेन्ड’सँग कयौँ झुटहरु बोल्ने गर्छन् ।

आज हामी यहाँ, हरेक केटीले ‘ब्वाइफ्रेन्ड’लाई थाहै नदिई बोल्ने ५ झुटको बारेमा बताउन गईरहेका छौँ ।

बितेको अफेयरः कुनैपनि केटीले आफ्नो बितेको अफेयर वा पहिलाका सम्बन्धहरुको बारेमा ब्वाइफ्रेन्डलाई कहिल्यै पनि बताउँदैनन् । जब कुनै पनि केटी केटासँगको सम्बन्धमा हुन्छिन् हरेकपटक उनले आफ्नो पहिलो प्रेम नै भन्छिन् ।

ब्वाइफ्रेन्डलाई साथीः जुन केटीको एकभन्दा धेरै ब्वाइफ्रेन्ड हुन्छ त्यस्ता केटीहरुले आफ्ना ब्वाइफ्रेन्डलाई अरु केटाहरुसँग चिनजान गराउँदा साथी भनेर चिनाउँछिन् ।

मलाई थाहा छैनः यदि केही दिन पहिला तपाई र तपाईको गर्लफ्रेन्डको झगडा भएको छ । त्यसपछिको भेटमा गर्लफ्रेन्डले तपाईको प्रश्नको जुनसुकै जवाफ पनि ‘मलाई थाहा छैन’ भनिन् भने, बुझ्नुहोस् की तपाईको गर्लफ्रेन्ड तपाईसँग अझै रिसाईरहेकी छिन् । उसको यो झुटलाई साँचो मान्नुको साटो उनलाई फकाउन लाग्नुहोस् ।

आफ्नो केटा साथीहरुसँग जाउः कुनै पनि केटीले ब्वाइफ्रेन्डलाई ‘जाउ आफ्नो केटाहरुसँग मस्ती गर’ भन्छिन् भने, उनी पनि यो मस्तीमा सहभागी हुन चाहन्छिन् भन्ने बुझ्नुपर्छ ।

म आफुलाई खासै ध्यान दिन्नः जुन केटीले ‘म आफुलाई खासै ध्यान दिन्न’ भन्छिन् त्यस्तो केटीहरु जुनसुकै समयमा बाहिर निस्कदा एकदमै तयार भएर निस्कन्छिन् । ताकी तपाई उसलाई ध्यान दिएर हेरिरहोस् भन्ने चाहन्छिन् ।

प्रतिकृया दिनुहोस