बडादशैँको अवसरमा कङ्कालनी भगवती मन्दिरमा दर्शनार्थीको भीड

Bhid

सप्तरी (सिमरा) । बडादशैँको अवसरमा सप्तरीको दुई शक्तिपीठमा बिहीबमर बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । आज घटस्थापनाको दिन छिन्नमस्ता शक्तिपीठ र भारदहस्थित कङ्कालनी भगवती मन्दिरमा भक्तजनको घुइँचो लागेको छ ।

भक्तजन पूजापाठ गर्न बिहानैदेखि लाइनमा लागेको छिन्नमस्ता मन्दिरका पिठाधीश एवं मूलपुजारी महाकान्त ठाकुरले बताए ।

सप्तरी सदरमुकाम राजविराजस्थित भगवती मन्दिर र हुनुमाननगर कङ्कालनी नगरपालिका–१ भारदहमा दर्शनार्थीको बिहानैदेखि घुइँचो लागेको छ । भारतबाट समेत यहाँ सयौँको सङ्ख्यामा दर्शनार्थी आएका छन् । विजयदशमीको अवरसमा छिन्नमस्ता भगवती र कङ्कालनी मन्दिरमा खसी र बोकाको बलि दिने चलन छ ।

घटस्थापनाका दिन आज गहुँ, जौको जमरा राखी माता भगवतीलाई अपर्ण गरी प्रसादका रुपमा लगाइन्छ । गहुँ तथा जौको नवअङ्कुर लगाउनाले सुख, शान्ति, समृद्धि र स्वास्थ्य लाभ हुने पौराणिक मान्यता रहेको पण्डित रामकुमार शास्त्रीले बताउनुभयो । जमराको रस खाए विभिन्न रोग निको हुने मान्यता छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...