१२ वर्षे उमेरमै अब्बल फोटोग्राफर १

Photografar jpg

काठमाडौं । काठमाडौंको खुमलटार स्थित प्रिमियर स्कुलमा कक्षा ६ का १२ वर्षीय साश्वत बुढाथोकीको एकल चित्रकला प्रदर्शनी भएको छ ।

नेपालको कला संस्कृति, वन, वातावरण, विश्व सम्पदामा विशेष दख्खल राख्ने उनको पहलोपटक इन्द्रजात्रालाई लक्षित गरी २० वटा तस्वीर प्रदर्शनीमा राखिएको थियो । सानै उमेरमा फोटोग्राफीमा रुची राख्ने साश्वतले हालसम्म ५ सय भन्दा बढी फोटोे खिचिसकेका छन् ।

पढाइसँगै फोटोग्राफीमा अब्बल उनको फोटोको गुणस्तर व्यावसायीक फोटोग्राफरकै जस्तो थियो । विद्यालय परिसरमा आज आयोजना गरेको फोटो प्रदर्शनीको विद्यालयका निर्देशक पवित्रा लिम्बुले प्रदर्शनीको उद्घाटन गरिन् ।

फोटोग्राफर साश्वतले आफुले करिब साँढे २ महिना लगाएर फोटो तयारी गरेको बताए । ‘मेरो सोख होइन भविश्यमा उत्कृष्ट फोटोग्राफर बन्ने लक्ष्यले फोटो सुट गर्न थालेको हु’ उनले भने ।

फोटोमा हनुमानढोकाको गद्धी बैठक, दरबार क्षेत्र इन्द्रजात्रामा मात्रै खुल्ने श्वेत भैरव, इन्द्रजात्रामा जिवित देवी कुमारी दर्शन गर्न आएकी राष्ट्रपति विद्यादेवी भण्डारी सहित विशिष्ट अतिथिहरुको तस्वीर, शार्दुलजंग गुल्म लगायत इन्द्रजात्रा पर्व झल्कने सम्पुर्ण फोटो कैद गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...