संसदीय निर्वाचनको उम्मेदवारको मृत्यु

Dead body

काबुल । अफगानिस्तानको पश्चिमी बाड्घीस प्रान्तका एक जना उम्मेदवारको दुर्घटनामा मृत्यु भएको छ । छिमेकी हेरात प्रान्ततर्फ गइरहेको बेला बाड्घीस प्रान्तमा संसदीय निर्वाचनमा उम्मेदवार रहेकी फ्रैबा रहमानीको मृत्यु भएको हो ।

तीन दिन अगाडी दुर्घटनामा परेका रहमानीको उपचारको क्रममा सोमबार निधन भएको हो । क्वाडिस जिल्लाकी बासिन्दा फ्रैबा ५५ वर्षका थिए । अफगानिस्तानमा २० अक्टोबरका दिन संसदीय निर्वाचन हुन लागेको छ ।

निर्वाचन नजिकिदै गर्दा हिंसात्मक घटना बढ्दै गएको छ । निर्वाचनमा ९० लाख मतदाता छन् । त्यसमध्ये ३० लाख महिला रहेको अधिकारीहरुले जनाएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...