बच्चा नारायणीमा फालेर आमा गायब !

Death child

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १ नारायणगढको नारायणी नदीमा मंगलबार बिहान करिब ६ बजे दुई वर्षीय बालकको शव फेला परेको छ ।

उद्योग वाणिज्य संघ चितवनको पछाडि बुद्धको मुर्ति नजिकै शव फेला पारिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक राजकुमार थापाका अनुसार, स्थानीय माझीले नदीमा फेला पारेको शवलाई किनारमा निकालेर प्रहरीलाई खबर गरेका थिए ।

‘नदीबाट करिब तीन चार मिटरको दूरीमा स्थानीयले माझीले शव फेला पारेपछि नदी किनारमा निकालेर प्रहरीलाई खबर गरे’ थापाले भने, ‘बालकको शव हेर्दा शरीरमा कुनै चोटपटक समेत छैन ।’

मंगलबार बिहान चार–पाँच बजेको समयमा बालकलाई ज्युँदै खोलामा बगाइएको हुन सक्ने थापाले बताए । बालकबारे कुनै पनि जानकारी प्राप्त गर्न नसिकएको थापाको भनाइ छ ।

बच्चालाई खोलामा बगाएर आमाले समेत आत्महत्या गरेको हुनसक्ने भएकाले थप अनुसन्धान थालिएको थापाले बताए ।

मृतक बालक नदीमा घोप्टो परेर रहेको बेलामा नदीबाट बाहिर निकालिएको प्रहरीको भनाइ छ । मुचुल्कापछि मृतक बालकलाई पोष्टमार्टमको लागि भरतपुर अस्पतालमा राखिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...