नेताका छोरामाथि हत्या प्रयास

Hatya mmmm

सप्तरी । नेकपाका नेता सुखराम यादवको छोराको हत्या प्रयास भएको छ ।

सदरमुकाम राजविराजस्थित सोमवार राति बजारबाट घर जाने क्रममा जयइन्द्र यादवमाथि हत्या प्रयास भएको हो ।

भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका दुई व्यक्तिले यादवमाथि रडले प्रहार गरिरहँदा स्थानीयले प्रतिकार गरेपछि उनीहरू भागेका थिए ।

रड प्रहारबाट शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर भएका यादवलाई राजविराजमा उपचार पश्चात थप उपचारका लागि धरान लगिएको बुवा तथा नागरिक सञ्जाल सप्तरीका अध्यक्षसमेत रहेका सुखरामले बताए ।

यता, भाग्ने क्रममा मोटरसाइकलमा पछाडि सवार एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । घटनास्थलमा प्रहरी परिचालन गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...