कृषिजन्य बस्तुको आयात घटाउन किसान आयोगको आग्रह

कृषि

काठमाडौं । राष्ट्रिय किसान आयोगले कृषिजन्य बस्तुको उत्पादनमा जोड दिन सरकारलाई आग्रह गरेको छ । आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले कृषिजन्य बस्तुको आयात घटाउन पनि सरकारले कृषिजन्य बस्तुको उत्पादनमा जोड दिनुपर्ने आवश्यक्ता औंल्याए ।

आयोगद्वारा सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलन बोल्दै उनले किसानहरुको समस्या समाधानका लागि गम्भिर हुन पनि सरकारलाई सचेत गराए ।आयोगले बाँझो जग्गा व्यवस्थापन गर्न पनि सरकारलाई सुझाव दिएको छ ।

आयोगका अध्यक्ष श्रेष्ठले २० वर्षे कृषि विकास रणनीति कार्यान्वयन अवस्थाबारे अध्ययन गरी सुझावसहितको प्रतिवेदन पनि सरकारलाई बुझाइएको स्मरण गराए । आयोगले राजनीतिक अस्थिरताका कारण विगतमा आफ्नो कामलाई प्रभावकारी बनाउन नसकेको पनि स्पष्ट पारेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...