टेलिभिजन पत्रकारको बलात्कारपछि हत्या

Tv photo

काठमाडौं । बुल्गारियाको उत्तरपूर्वी रुज शहरमा एक टेलिभिजन पत्रकारको बलात्कारपछि हत्या भएको छ ।

त्यहाँको प्रहरीका अनुसार ३० वर्षीया विक्टोरिया मरिनोवाको शव बेवारिसे अवस्थामा शनिबार फेला परेको छ । शरीरमा प्रहार गरिएको र घाँटी चेपिएको अवस्थामा शव फेला परेको थियो ।

टाउको माथिपनि प्रहार भएको प्रहरीको भनाइ रहेको छ । बलात्कार भएको समेत पुष्टि भएको छ । अन्तराष्ट्रिय जगतमा यस घटनाको व्यापक आलोचना भएको छ । घटनास्थलबाट मरिनोवाको मोबाइल, कारको साँचो समेत गायब पारिएको थियो ।

लुटपाट गर्ने नियतले उनको हत्या नभएको प्रहरीले स्पष्ट पारेको छ । त्यहाँको स्थानीय मिडियाका अनुसार मरिनोवा रुजको टिवीएन टेलिभिजनकी प्रशासनिक निर्देशक थिइन् । उनले त्यहाँ ‘टक सो’ कार्यक्रम चलाउने गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस