बच्चा जन्मिएको दुई महिना पछि सिर्जनाले भेटिन् पति

Sirjana

काठमाडौ‌ । अविवाहित अवस्थामा शिशु जन्माएकी गोरखा नगरपालिका–४ की २० वर्षीया सिर्जना आलेले आइतबार श्रीमान भेटेकी छन्। सिर्जनाले दुई महिना अघि माइतमै शिशुलाई जन्म दिएकी थिइन्।

उनले बच्च जन्माए पनि श्रीमानको पत्ता नलागेको, उनले दुःख पाएको समाचार प्रकाशित भएपछि प्रहरीले उनका श्रीमानको खोजी गरिदिएका हुन् । शिशुलाई जन्म दिएपछि उनलाई अभिभावकले नै हेला गरेका थिए ।

प्रहरी र जनप्रतिनिधिको सहयोगमा उनले पति भेटेकी हुन्। गोरखाको भीमसेन थापा गाउँपालिका ५ बगुवाका २० वर्षीय विजय पौडेलले बच्चा आफ्नो भएको स्वीकार गरेका छन्। उनले सिर्जनालाई पनि घर लिएर गएका एसपी विजय बस्नेतले बताए।

विजयले एकसाता भित्र बिहे दर्ता गर्ने, छोराको जन्म दर्ता गर्ने र सिर्जनालाई माया गरेर पाल्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...