निर्मला हत्याबारे छानवीन समितिको प्रतिवेदन सार्वजनिक

Pratibedan sarbajanik@ nirmala

काठमाडौं । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार तथा हत्या सम्बन्धमा छानवीन गर्न गठित उच्चस्तरीय सामितिको प्रतिवेदन सार्वजनिक भएको छ । गत भदौ ७ गते सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा गठित समितिले १ महिना लगाएर घटनाबारे अध्ययन गरी तयार पारेको ३७ पेजको प्रतिवेदन आइतबार सार्वजनिक गरिएको हो ।

प्रहरी र प्रशासनको विभिन्न नेतृत्व परिर्वतन गर्दै गृह मन्त्रालयले कारागार व्यवस्थापन विभागका महानिर्देशक मैनालीको नेतृत्वमा छानविन समिति बनाएको थियो ।

समितिको प्रारम्भिक प्रतिवेदनका अनुसार ३० भदौमा प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटी र अङ्गुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट र एकेन्द्र खड्का, प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई निलम्बन गरिएको थियो । त्यसअघि नै तत्कालिन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट निलम्बित भइसकेका थिए ।

भीमदत्त नगरपालिका २ की १३ वर्षीया बालिका निर्मला पन्त गत साउन १० गते साथी रोशनी बमको घरमा गृहकार्य गर्न गएकी थिन् । निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट नजिकैको उखुबारीमा शव भेटिएको थियो । प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै कञ्चनपुर लगायत देशभरीबाट सरकारमाथि दबाब बढेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...