प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट

Kutpit  20180524071458

बाजुरा । अज्ञात समूहले बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत त्रिलोक चन्द्रमाथि कुटपिट गरेको छ । गएराती १० बजे सुतिरहेको समयमा ढोका फोडेर उनीमाथि आक्रमण भएको हो ।

वडा अध्यक्ष प्रकाश रावलले कुरा गर्न खोजेका छन्, ढोका खोल्नु भनिएकोमा भोली कुरा गरौंला भन्ने जवाफ दिँदा ढोका फोडेर तीन जनाको संख्यामा आएका अपरिचत व्यक्तिले आफुलाई कुटपिट गरेको चन्द्रले बताए।

कुटपिटको क्रममा एक व्यक्तिको घडी उनको कोठामै फेला परेको प्रहरीले जनाएको छ । जिल्ला बाहिर जाने कार्यक्रम रहेकाले अधिकृतको कोठामा नौ बजेसम्म छलफल भएको जानकारी दिँदै नगर प्रमुख पदम बडुवालले आक्रमणकारीले सुरुमा घरमा गएर आफुलाई खोजेको र नभेटेपछि अधिकृतको ढोका फोडेर कुटपिट गरेको हुनसक्ने बताए । कार्यपालिका भित्र सामान्य मतभेद रहेपनि आक्रमण नै गर्ने विवाद नभएकोले घटना बारे आफुलाई जानकारी नभएको बडुवालले बताए ।

कुटपिटमा संलग्न तीन जनाको अनुहार चिनेपनि नाम थाह नभएको अधिकृत चन्द्रले बताएका छन् । व्यक्तिगत विवाद केही नभएकोले नगरपालिकाको आन्तरिक विवादका कारण बडिमालिका नगरपालिका८ का अध्यक्ष प्रकाश रावलको योजनामा आफुमाथि कुटपिट भएको हुन सक्ने अधिकृत चन्द्रको आशंका रहेको छ ।

यता वडा अध्यक्ष रावलले भने आफुमाथि लगाइएको आरोप गलत भएको बताउँछन् । नगर प्रमुख, कार्यकारी प्रमुख र मेरो कोठामासमेत तोडफोड भएको छ । उनले भने यो आफैमा रहस्यमय घटना हो । उनले आफुलाई फसाउन षडयन्त्र भइरहेको बताए ।

घटना बारे अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक सागर बोहराले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...