इन्डोनेसियामा भूकम्पपछि आएको सुनामीले लियो १५७१ जनाको ज्यान

Sunami

काठमाडौं । इन्डोनेसियामा गत साता गएको शक्तिशाली भूकम्प र त्यसपछिको सुनामीमा ज्यान गुमाउनेको संख्या १ हजार ५७१ पुगेको छ ।

इन्डोनेसियाको सुलावेसी द्वीपको पालु शहरका १ हजारभन्दा बढी घर सुनामीका कारण डुबानमा परेको खोजी तथा उद्धार निकायका प्रवक्ता युसुफ लतिफले जानकारी दिए ।

भूकम्पमा फसेका व्यक्तिको जीवितै उद्धार गर्ने सम्भावना अब कम हुँदै गएको मानवीय सहायतामा जुटेको संयुक्त राष्ट्रसंघले जनाएको छ । इन्डोनेसियाको तटीय शहर पालुमा गत शुक्रबार ७।५ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको थियो ।

भूकम्प लगत्तै आएको सुनामीमा परी ज्यान गुमाउनेको संख्या १ हजार ५७१ पुगेको राष्ट्रिय प्रकोप नियन्त्रण निकायका प्रवक्ता सुटोपो नुग्रोहोले शनिवार बताए ।

भूकम्पबाट तटीय शहर पालु सबैभन्दा बढी प्रभावित भएको छ । भूकम्पका कारण करिव २ लाख व्यक्तिलाई मानवीय सहयोग आवश्य परेको र त्यसमा हजारौँ बालबालिकासमेत रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

यसैवर्ष लोम्बोकमा गएको शक्तिशाली भूकम्पमा परी ५५० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । इन्डोनेसियामा डिसेम्बर २००४ मा गएको ९.१ म्याग्नीच्यूडको भूकम्प र सुनामीका कारण इन्डोनेसियामा मात्र १ लाख ६० हजार भन्दा बढीको मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...