बलात्कारपछि हत्या गर्ने युवकलाई जन्मकैद

Kaidi bandi

बैतडी । किशोरीलाई बलात्कारपछि हत्या गरेको पुष्टि गर्दै जिल्ला अदालतले एक युवकलाई शुक्रबार सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ ।

जिल्ला अदालतका श्रेस्तेदार भीमप्रसाद भुसालका अनुसार डिलासैनी गाउँपालिका-४, पिरेणीका २२ वर्षीय उमेशप्रसाद जोशीलाई जन्मकैदको फैसला सुनाइएको हो । जोशीलाई जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले शुक्रबार सजाय सुनाएको हो ।

जोशीले २०७४ फागुन १७ गते साली नाता पर्ने पुर्चौडी नगरपालिका-१, हाटकी १७ वर्षीया डम्बरा भट्टलाई जबर्जस्ती करणी गरी हत्या गरेका थियो ।

पुर्चौडीमा व्यवसाय गरिरहेका जोशीले विद्यालयबाट घर फर्किरहेकी किशोरीलाई आफ्नै कोठामा जबर्जस्ती करणी गरी हत्या गरेको पुष्टि भएको छ ।

यस्तै मेलौली नगरपालिका-२, का २९ वर्षीय किशोरराम ओडले एक महिलालाई जबर्जस्ती करणी गरेको पुष्टि भएपछि शुक्रबार नै जिल्ला अदालतले उनलाई आठ वर्ष कैद र ४० हजार रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको छ ।

ओडले गएको जेठ ८ गते जबर्जस्ती करणी गरेका थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...