‘हामी नेपाल टुक्रिन दिन्नौँ’ अमेरिका बस्ने नेपालीको अभियान

Americanepal 2

अमेरिका । पेनसिल्भ्यानिया राज्यमा बस्दै आएका नेपाली युवाहरुले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे एक अभियान थालेको बताएका छन् ।

‘हामी नेपाल टुक्रिन दिन्नौँ १’ नामको अभियान आफूहरुले थालेको उनीहरुले जानकारी गराएका छन् । यही सेप्टेम्बर २३ तारिखमा पेनसिल्भ्यानियास्थित एक भेला गर्दै यस्तो अभियान सार्वजनिक गरेका हुन् ।

अमेरिकामा विभिन्न काममा ब्यस्त अधिकांश नेपालको मधेसी मूलका युवा अभियानमा आवद्ध छन् । जय साहको नेतृत्वमा गठन भएको यस अभियानले आफूलाई गैरराजनीतिक भएको दावी गरेको छ । महोत्तरी जिल्लाबाट अमेरिका पुगेका साह सफल व्यवसायी पनि हुन् ।

राजेश साह, प्रणय साह, सर्वेश मण्डल, विनयविक्रम वर्मा, रविकान्त गुप्ता, अभि गुप्ता, सत्य साह, रञ्जन साह, कृष्ण गुप्ता, सञ्जय चौधरी, राजीव साह, राज साह, अजय गुप्ता, विकेश यादव, राजनन्दन यादव, राजेश जयसवाल, अर्जुन मण्डल, रमेश यादव, जितेन्द्र साह लगायत अभियानका अगुवा हुन् ।

उनीहरु सबै नेपालको मधेस मूलबाट अमेरिका पुगेका हुन् । उनीहरुले नेपालमा जातीय तथा क्षेत्रीय द्धन्द्धको विरोधमा आफ्नो अभियान केन्द्रित हुने बताएका छन् ।

साथै मधेसमा सक्रिय सिके राउतको समूहलाई निस्तेज पार्ने आफूहरुको अभियानको उद्देश्य रहेको उनीहरुले बताएका छन् । छिट्टै सिके राउतको आन्दोलनलाई निस्तेज बनाउन असहयोग आन्दोलन गर्ने उनीहरुले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसबाहेक उनीहरुले मधेसमा विद्यमान आर्थिक, सामाजिक असमानतालाई सम्बोधन गर्न आफूहरु प्रयासरत रहने उनीहरुको घोषणा छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...