जेलबाट हेलिकोप्टरमा भागेका कुख्यात अपराधी पक्राउ

Faied

काठमाडौं । गत जुलाई महिनामा हेलिकोप्टर चढेर एउटा जेलबाट फिल्मी शैलीमा भागेका एक कुख्यात अपराधीलाई पक्राउ गरिएको फ्रान्सेली प्रहरीले जनाएको छ ।

फ्रान्समा सर्वाधिक खोजी गरिएका रिदुअन फइदलाई पेरिसको उत्तरतिरबाट उनका भाइ र अन्य दुई व्यक्तिसहित पक्राउ गरिएको बताइएको छ ।

४६ वर्षीय फइद गुन्डाहरूबारे बनाइएका चलचित्र धेरै मन पराउँछन् र उनी तिनबाटै आफू प्रेरित भएको बताउने गर्छन् ।

सशस्त्र डकैतीको आरोपमा उनलाई सन् १९९८ मा पहिलो पटक पक्राउ गरिएको थियो ।

जुलाई १ मा उनी दोस्रो पटक जेलबाट भागेका थिए ।

कसरी भागेका थिए ?

दक्षिणपूर्वी पेरिसस्थित कारागारको आगन्तुक कक्षमा छिरेका तीन सशस्त्र व्यक्तिहरूले उनलाई हेलिकप्टरमा राखेर भगाएका थिए ।

त्यसका लागि उनीहरूले बन्धक बनाइएका एक उडान प्रशिक्षकलाई बलपूर्वक हेलिकप्टर चलाउन लगाएका थिए ।

यसअघि सन् २०१३ मा उनले चार सुरक्षाकर्मीलाई कब्जामा लिएर उनीहरूलाई मानवढाल बनाउँदै ढोकाहरूमा विस्फोटन गराएर भागेका थिए ।

सन् २०१० मा भएको एउटा असफल डकैतीको मुद्दामा दोषी ठहर भएका फइदलाई २५ वर्षको जेल सजाय सुनाइएको थियो ।

सो घटनामा एक महिला प्रहरीको मृत्यु भएको थियो ।

फइदलाई बुधवार बिहान सबेरै उनको गृहनगर क्रईबाट पक्राउ गरिएको हो ।

फ्रान्सकी कानुनमन्त्री निकोल बेलुबेले युरोप वन रेडिओलाई बताएअनुसार फइदलाई अब उच्चसुरक्षा भएको स्थानमा अहोरात्र निगरानीमा राखिनेछ ।

कानुन कार्यान्वयन गराउने सर्वोच्च भूमिकामा भएका आन्तरिक मामिलामन्त्री जेरा कोलोमले राष्ट्रपति एम्मानुएल माक्रोँलाई अप्ठ्यारो पर्ने गरी राजीनामा दिएको केही घण्टामै फइदलाई पक्राउ गरिएको हो ।

कोलोमको राजीनामापछि प्रधानमन्त्री इद्वा फिलिपले नै सो मन्त्रालयको जिम्मेवारी लिएका छन् ।

को हुन् रिदुअन फइद ?

फइदको जन्म सन् १९७२ मा भएको हो। उनी क्रई नगरमा हुर्केका हुन् ।

सन् १९९० को दशकमा उनले सशस्त्र डकैती र बलपूर्वक पैसा उठाउने एउटा आपराधिक समूह सञ्चालन गरेका थिए ।

हलिउडमा निर्मित तथा अल पचिनोद्वारा अभिनित चलचित्र स्कारफेसबाट आफ्नो जीवनशैली र केही योजनाहरू प्रेरित भएका उनले बताउने गरेका छन् ।

हीट नामक चलचित्रमा देखाइएजस्तै आइस हकी खेल्दा लगाइने मास्क लगाएर उनले सहयोगीहरू सहित सन् १९९७ मा सुरक्षाकर्मीको गाडीमा आक्रमण गरेका थिए ।

पछि उनले आफूले हीट चलचित्र सयौँ पटक हेरेको बताएका थिए । सो चलचित्रका निर्देशक माइकल म्यानलाई फइदले प्यारिसमा आयोजित एउटा चलचित्र महोत्सवमा ूतपाईँ मेरा प्राविधिक सल्लाहकार हुनुहुन्थ्यो भनेका थिए । 

सन् २००९ मा प्रकाशित एउटा पुस्तकमा बाल्यकाल प्यारिसका सडकमा व्यतीत गरेका फइद कसरी आपराधिक वृत्तिमा लागे भनेर चित्रण गरिएको छ ।

सो पुस्तकले उनलाई फ्रान्सेली प्रहरीभित्र ‘ले क्रिभा’ अर्थात् ‘लेखक’ उपनामले चिनाएको थियो ।

एजेन्सी

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...