समलिंगी विदेशी कुटनीतिज्ञ तथा राष्ट्रसंघीय कर्मचारीको भिसा अमेरिकाले रोकिदियो

Trump

काठमाडौं । संयुक्त राज्य अमेरिकाले समलिंगी विदेशी कुटनीतिज्ञ तथा राष्ट्रसंघीय कर्मचारीको भिसा रोकिदिएको छ । अमेरिकाले समलिंगी जोडीलाई डिसेम्बर ३१ सम्म अमेरिका छाड्न निर्देशन दिएको छ । यदी अमेरिकामै बस्ने भए विवाह गर्न अथवा भिसा परिवर्तन गर्न सुझाव दिएको छ ।

अमेरिकाले समलिंगी विदेशी कुटनीतिज्ञको भिसा रोकिदिएको विषयले समलिंगीहरुको अपमान भएको अधिकारवादी संस्थाहरुले बताएका छन् । सन् २००९ मा अमेरिकामा डेमोक्रेटिक पार्टीकी हिलारी क्लिन्टन विदेशमन्त्री रहेका बेला उनले विदेशी कुटनीतिज्ञको समलिंगी सम्बन्धलाई स्वीकार गर्ने निर्णय गरेकी थिइन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले सो नीतिलाई उल्टाएका हुन् ।

अमेरिकी निर्णयले अमेरिकामा १ सय ५ परिवारलाई असर पर्ने अधिकारीहरुको भनाई छ । ‘फरेन पोलिसी म्यागेजिन’काअनुसार यस बाध्यात्मक कानुनले अमेरिकामा रहेका १० राष्ट्रसंघीय कर्मचारीले समलिंगी विवाह गर्नैपर्ने भएको छ । आवश्यक कागजात भएमा उनीहरुको भिसा रोकिने छैन ।

समलिंगी सम्बन्धी अमेरिकी प्रशासनको नीति आफ्नै प्रकारको छ । जसलाई संयुक्त राष्ट्रसंघमा समेत जानकारी गराइएको छ । राष्ट्रसंघको रेकर्डमा अमेरिकी नीतिबारे उल्लेख गरिए अनुसार, अमेरिकी भिसाकालागि राष्ट्रसंघमा रहेका समलिंगीले समलिंगी विवाह भएको पुष्टी हुने खालको प्रमाण दिनुपर्छ ।

यसले जी–४ भिसाकालागि योग्य बनाउनेछ । जी–४ भिसा अन्तर्राष्ट्रिय संस्थाका कर्मचारी तथा तिनका परिवारलाई उपलब्ध गराइन्छ । विवाह नभएका समलिंगी कुिटनीतिज्ञका जोडीले अब डिसेम्बर ३१ भित्र अमेरिका छाड्नुपर्नेछ । एजेन्सी

प्रतिकृया दिनुहोस