बस्नेतकी श्रीमतिको अनुनय, मेरो श्रीमानलाई ‘ईन्काउन्टर’ गर्न खोजिँदैछ, बचाइदिनुस्

Maya basnet

मलाई जानकारी नै नगराई रातारात उहाँलाई मुस्ताङ लगियो । त्यो दिन राति ६ बजे मुस्ताङ लगिँदैछ भनेर जानकारी दिइएको थियो । म चाहीँ मोटर साईकलबाट पोखरा गएँ । पोखरामा श्रीमानलाई भेट्दा कहाँ लगिँदैछ भनेर उहाँलाई पनि थाहा नभएको कुरा मसँग भन्नुभयो ।

त्यही दिन मुस्ताङको लागि लग्ने कुरा भए पनि माथिको आदेश नभएको भन्दै यहाँलाई बेनीमै राखियो । भोलिपल्ट मुस्ताङको लागि उहाँलाई त्यहाँबाट जीपमा हालेर लगिएको थियो । म हतारमा पोखरा पुगे पनि मलाई भेट्न दिइएन् । उहाँलाई काठमाडौंबाट किन लगियो भन्नेमा हामीलाई शंका छ । उहाँको केश त यहीँ काठमाडौंमै छ । किन काठमाडौंबाट उता लगियो यसमा मेरो घोर आपत्ति छ । सोमबार उहाँलाई मुस्ताङको लागि लगिएको भनिए पनि मंगलबार अपरान्ह मात्रै उहाँलाई त्यहाँ पु¥याईयो ।

यतिबेला उहाँलाई जोमसोम कारागारभित्र राखिएको छ । आज बिहान मात्रै मैले उहाँसँग जम्मा ४ मिनेट भेट्ने मौका पाएँ । भेट्दाखेरी उहाँको घाँटीमा दाग देखेँ र मैले यस बारेमा श्रीमानसँग जिज्ञासा राखेको थिएँ । तर, उहाँले धागो निकाल्दाखेरी यस्तो भएको हो भन्नुभयो । त्यसमा पनि मलाई शंका छ ।

उहाँलाई बरु काठमाडौंको गोलघरमै राखिदिएको भए हुन्थ्यो । सुरक्षा संवेदनशीलताको कुरा उठ्यो भनिएको छ, त्यसो हो भने त उहाँलाई कडा सुरक्षा भएको कारागारमा राखिनु पर्दथ्यो ।

उहाँलाई काठमाडौंबाट पोखरासम्म विमानमा लगियो । तर, पोखराबाट मुस्ताङको खराब बाटोमा चाहीँ स्थलगत मार्ग हुँदै लगिएको छ । राम्रो बाटो चाहीँ उहाँलाई जहाजमा लगियो । तर, खराब बाटोमा चाहीँ गाडीमा लगियो । यसमा हामीलाई शंका छ ।

उहाँलाई निर्माण व्यवसायी शरदकुमार गौचन हत्याको आरोप लागेको छ । तर, उहाँलाई मुस्ताङ जेलमा सरुवा गरिएकोमा मलाई उहाँलाई इन्काउण्टर गर्न खोजेको शंका लागेको छ । किनकी काठमाडौंमा रहेको व्यक्तिलाई किन मुस्ताङ लगियो त ? त्यही पनि मुस्ताङको जेल जीर्ण छ । त्यस्तो ठाउँमा लैजानुको अरु कारण के हुनसक्छ र ? सक्दैन । त्यसकारण उहाँलाई बचाईए दिनुस् ।

उहाँले अपराध नै गरेको हो भने पनि कानुनी कारवाही होस् । म त्यो मान्छु । तर, उहाँलाई कानुनी कारवाही गर्नुको सट्टा इन्काउण्टरको बहानामा हत्या गर्न मुस्ताङ लगिएको छ । प्लिज उहाँलाई बचाई दिनुस् । म आग्रह गर्छु । बिन्ती गर्छु ।

(बुधबार पत्रकार सम्मेलनमा व्यक्त गरेको विचारको सम्पादित अंश)

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...