इन्डोनेसियामा फेरि दोहोरियो शक्तिशाली भूकम्प, सुनामीले लियो १३ सयको ज्यान

Indonesia1 810x439

काठमाडौं । इन्डोनेसिया गएको शक्तिशाली भूकम्पपछि आएको सुनामीमा परी मृत्यु हुनेहरुको संख्या १३ सय पुगेको छ ।

६५ हजार ७ सय ३३ घरहरू भत्किएको र सयौंको संख्यामा विद्यालय भवन, चर्च, होटल र ठूला व्यापारिक भवनमा क्षतिग्रस्त भएको राष्ट्रिय प्रकोप नियन्त्रण निकायका प्रवक्ता सुटोपो नुग्रोहोले बताएको छ ।

उद्धार तथा खोजी कार्यका लागि विभिन्न क्षेत्रमा करिब साढे ६ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । विस्थापितहरूलाई १०९ स्थानमा शिविर बनाएर राखिएको छ ।

शुक्रबार क्रमशः ६.०, ७.४ र ६.१ म्याग्निच्युडको भुकम्पपछि आएको सुनामीमा परी सुलावेसीको प्रान्तीय राजधानी पालु सबैभन्दा बढी प्रभावित भएको छ ।

यसैबीच इन्डोनेसियाको दक्षिणी तटीय क्षेत्रमा रहेको सुम्बा द्वीपमा मंगलबार विहान पनि दुई पटक भूकम्पको धक्का महसुस गरिएको थियो । शुक्रबार शक्तिशाली भूकम्प गएको इन्डोनेसियामा मंगलबार विहान पुनः गएको भूकम्पबाट मानिसहरु थप त्रसित भएका छन् ।

प्रतिकृया दिनुहोस