स्थानीयले लगाए वडाध्यक्षलाई जुत्ताको माला र कालो मोसो

Kalo maso

बझाङ । विकास बजेटमा अनियमितता गरेको आरोपमा बझाङको बुङगल नगरपालिका ९ का वडाध्यक्ष देउमल धामीलाई स्थानीय किसानले जुत्ताको माला र कालोमोसो दलेका छन् ।

कृषिका लागि विनियोजित तीन लाख रुपैयाँ वडाध्यक्ष धामीले अनियमितता गरेको किसानको आरोप छ ।

बिनियोजित तीन लाख ५० हजारमध्ये वडाध्यक्ष धामीले ५० हजारको मात्रै बिउविजन किनेर बाँकी रकम आफूले खाएको किसानले आरोप लगाएका स्थानीय खगेन्द्रबहादुर सिंहले बताए ।

वडाध्यक्षलाई स्वागत गर्न भन्दै करिब ४० जना किसानले वडा कार्यालयमै पुगेर जुत्ताको माला र कालो मोसो दलेर वडाध्यक्षलाई दुर्व्यवहार गरेका हुन् ।

तर वडाध्यक्ष धामीले भने आफूले अनियमितता नगरेको दावी गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...