सुनामीले मर्नेको संख्या १२ सय नाघ्यो

Sunami

काठमाडौं । इण्डोनेसियामा आएको विनाशकारी भूकम्प र सुनामीका कारण मृत्यु हुनेको संख्या १२ सय नाघेको छ ।

इन्डोनेसियामा शुक्रबार ७.५ रेक्टर स्केलको भूकम्प आएको थियो । त्यसपछि तटिय क्षेत्रमा शक्तिशाली सुनामी आयो । प्रभावित क्षेत्रमा ६० हजार मानिस घरबारविहीन भएका छन् ।

इन्डोनेसिया रेडक्रसका अधिकारीहरुका अनुसार एउटा चर्चमा ३४ विद्यार्थीको शव भेटिएको छ । उनीहरुको एक साथ दाहसंस्कार गरिएको छ । ५४ जना अझै वेपत्ता छन् ।

यसअघि यो संख्या ८ सय ४४ थियो । अहिले मृतकको संख्या बढेर १२ सय नाघेको राहत तथा उद्दारमा जुटेका अधिकारीहरुले जनाएका छन् । पालु शहरको रोअ होटलमा अझैं केही मानिस फसेका छन् । यो संख्या ५० हाराहारी भएको अनुमान छ ।

हजारौं मानिस पालु एयरपोर्ट सञ्चालनको आशामा छन् । प्रभावितहरुमा बालबालिकाको अवस्था निकै दयनीय रहेको बीबीसीले जनाएको छ । भूकम्प तथा सुनामी प्रभावितहरु पाल टाँगेर बसेका छन् । उनीहरुले अझै राहत पाएका छैनन् । पानीका लागि समेत समस्या छ । सडक, विमानस्थल र सञ्चार सम्पर्क पनि टुटेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...