डोटीमा ७४ वर्षीया बृद्ध बलात्कृत, बलात्कारी पक्राउ

Rape skech

डोटी । एक ७४ वर्षीया वृद्वा महिला बलाकृत भएकी छिन् ।

बडिकेदार गाउँपालिका-३ अन्तरगत सुनालेक मेहेलि ग्रामिण सडक खण्डमा हिड्दै गरेकी ७४ वर्षीया सोमबार विहान बलात्कृत भएकी हुन् ।

वृद्ध बाटोमा एक्लै हिडिरहेको मौका छोपी बोगटान गाउँपालिका-१ बस्ने २२ वर्षका गणेश भन्ने एकेन्द्रबहादुर धामीले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय डाटीले जनाएको छ ।

वृद्ध महिलाले गुहार मागेपछि स्थानीयले बलात्कार गर्नेलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार धामि माथि अनुसन्धान भईरहेको र निज माथीकरणी सम्वन्धी मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक धुव्रबहादुर विष्टले जानकारी दिए ।

असोज महिनामा यो समेत गरि ४ ओटा बलात्कारको घटना सार्वजनिक भएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...