चिनीको मुल्य निणन्त्रण गर्न संसदीय समितिको निर्देशन

Sansad bhaban

काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले चिनीको मुल्य निणन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ । सोमबार बसेको समितिको बैठकले दशैंका लागि अति आवश्यक बस्तुहरुमा गरिएको अस्वभाविक मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न सरकारलाई समितिले निर्देशन दिएको हो ।

दशैंको मुखैमा अति आवश्यकीय बस्तुहरुको अस्वभाविक मूल्यवृद्धि गरेकाले त्यसलाई नियन्त्रण गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिइएको समितिका सभापति भरतकुमार शाहले जानकारी दिए ।बैठकले कालो बजारी हुन नदिन अनुगमनको कामलाई प्रभावकारी बनाउन पनि सरकारलाई सचेत गराएको छ ।

समितिले दशैंको बस टिकटमा कृतिम अभाव सृजना गर्न खोजिएको उल्लेख गर्दै त्यस्ता व्यवसायीलाई पहिचान गरी कडा कार्वाही गर्न पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सचेत गराएको छ । यात्रुहरुलाई सहज ढंगले यात्रा गर्न पाउने गरी सवारी साधनको उचित व्यवस्था गर्न पनि सरकारलाई सचेत गराइएको सभापति शाहले जानकारी दिएका हुन् ।

बैठकमा समितिका सदस्यहरुले व्यवसायीहरुले सरकारलाई समेत झुक्याएर चिनीको मूल्यवृद्धि गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । समितिका सदस्य विरोध खतिवडाले आयातमा रोक लगाएर चिनीको मूल्यवृद्धि गरिएकोमा आपत्ति जनाए । उनले उखु किसानहरुको बक्यौता रकम तत्काल व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए ।

समितिका अर्का सदस्य हृदयश त्रिपाठीले चिनीको मूल्य वृद्धि गरेर सरकारले निर्लज्जता प्रस्तुत गरेको आरोप लगाए । समितिका सदस्यहरुले मूल्यवृद्धि गर्ने तर त्यसको चित्तबुझ्दो जवाफ नदिने गरेको भन्दै सरकारको चर्को आलोचना गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...