नेपालीले अस्ट्रेलियामा महोत्सव भब्य मान्ने

Aus

काठमाडौं । गैर आवासीय नेपाली संघ अस्ट्रेलियाले हरेक दुई वर्षमा आयोजना गर्ने ‘नेपाल महोत्सव’ यस पटक नोभेम्बर २४ मा मनाउने भएको छ ।

सोमबार स्थानीय इन्द्रेणी फङ्सन सेन्टरमा आयोजित पत्रकार सम्मेलनमा एनआरएनका उपाध्यक्ष तथा सिड्नी महोत्सव तयारी समितिका संयोजक नन्द गुरूङले महोत्सवको तयारी तिब्र भएको भन्दै भब्य र सभ्य रुपमा सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने बताए ।

उनले यस पटक महोत्सव अगावै मुलुक चिनाउने अभियानमा सिड्नी शहरका सडकमा नेपाली झन्डा फहराउने ब्यवस्था गरिएको बताए ।
यस पटक महोत्सवको कुल खर्च एक करोड २९ लाख रहेको र आम्दानी भने एक करोड ४३ लाख हुने बताउदै संयोजक नन्द गुरूङले यसका लागि सबैखाले तयारी पुरा भइसकेको जानकारी गराए ।

उनले महोत्सवमा प्रमुख अतिथिका रुपमा अस्ट्रेलियन सरकारका अध्यागमन मन्त्री डेविड कोलम्यान हुनेछन्। यसै गरी सांसद जुल फीन र लेबरका नेता लुक फोयले पनि सहभागिता पक्का गरिसकेको गुरूङले जानकारी दिए ।

कार्यक्रममा एनआरएन आइसीसीका अध्यक्ष भवन भट्ट, लेबरका नेता बिल सर्टन सांसद मिचेल रोलान्डलाई निमन्त्रण गरिएको बताउँदै गुरुङले भने यस पटक मुलुक चिनाउने महोत्सव साच्चीक्कै सोचेजस्तो हुने दाबी गरे ।

गुरुङले नेपाल महोत्सव मुलुकको पर्वधन गर्ने महोत्सव भएको हुँदा सबैले यसमा सहभागिता जनाएर अगाडि बढ्नुपर्ने बेला आएको बताए।

उनले महोत्सव एनआरएनको कार्यक्रम भए पनि समुदायको सामुहिक सहभागिता महत्वपूर्ण रहने बताए। कार्यक्रममा एनआरएनका प्रवक्ता डिला खरेलले प्रायोजक खोज्ने कार्य भइरहेको र अझसम्मको अवस्थामा महोत्सवलाई सफल बनाउन सबैको समान दायीत्व भएकोले सबैवाट सहयोगको अपेक्षा गरेको बताए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...