सामूहिक चिहानमा गाड्न शुरू

Bbc

काठमाडौं । भूकम्प र सुनामीका कारण ज्यान गुमाएकाहरुलाई सामूहिक चिहानमा गाड्न शुरू गर्ने इण्डोनेशियाका अधिकारीहरूले बताएका छन् ।

रोगहरू फैलनसक्ने भयका कारण त्यसो गर्न लागिएको उनीहरूले बताएका हुन् । शुक्रवार भूकम्प र त्यसपछि सुनामी आएको इण्डोनेशियाको पालु नगरमा कम्तीमा ८ सय ३२ जनाको ज्यान गएको पुष्टि भएको छ ।विकट क्षेत्रमा पुग्दासम्म उक्त संख्या तीव्र रूपमा बढ्नसक्ने ठानिएको छ ।

दर्जनौँ मानिसहरू भग्नावशेषमा जीवित फसिरहेका हुनसक्ने ठानिएको छ ।पालु नगरमा उद्धारकर्मीहरू होटल र किनमेल केन्द्रमा खोजीका लागि भारी उपकरणहरूको प्रतीक्षा गरिरहेका छन् ।
इण्डोनेशियाका राष्ट्रपति जोको विडोडोले प्रभावित क्षेत्रको भ्रमण गरेका छन् र बाँचेकाहरूको उद्धारका लागि दिनरात प्रयास गर्न बताएका छन् ।

विडोडोले विपद्पछिको राहतका लागि अन्तर्रा्ष्ट्रिय सहायता स्वीकार गरेको पनि इण्डोनेशियाको लगानी बोर्डका प्रमुख थोमस लेम्बोङले सोमवार ट्विटरमा बताएका छन् ।

 

प्रतिकृया दिनुहोस