प्रदेश नं. ७ को राजधानी पानी रिचार्ज हुने चुरेफेदी र बाघको बाटोमा, मूल्यांकन गरिएन किन ?

Godavari kailali

कैलाली । गोदावरी नगरपालिकाको तेघरी वन क्षेत्रलाई प्रदेश नं.७ को राजधानी बनाउने निर्णय गरेको छ ।

प्रदेशसभाको निर्णयविरुद्ध अस्थायी राजधानी धनगढीमा आन्दोलन चर्केको छ । यही विषयलाई लिएर प्रतिपक्ष दलका सांसदहरुले आइतबार प्रदेशसभा बैठकसमेत ठप्प पारेका थिए ।

चुरेको १ किमि क्षेत्रसम्म ढुंगा संकलनसमेत गर्न नपाइने नियम रहेकोमा तेघरी वनक्षेत्रमा राजधानी बनाउने निर्णयअघि वातावरणीय प्रभाव मूल्यांकनसम्म गरिएको छैन । पानी रिचार्ज हुने चुरेफेदी मासेपछि तल्लो तटीय क्षेत्रमा हाहाकार हुने जोखिमबारे विचार पुर्याइएको छैन ।

विज्ञहरूले वातावरणीय प्रभाव मूल्यांकन र चुरे फेदीमा पर्न सक्ने दीर्घकालीन प्रभाव अध्ययनबिनै गरिएको निर्णयले वनसँगै जैविक मार्गसमेत मासिने खतरा औंल्याएका छन् । उनीहरू वन क्षेत्र मासेर संरचना बनाउँदा धेरै सोचविचार र अध्ययन हुनुपर्ने बताउँछन् ।

तराई भूपरिधि कार्यक्रमका संयोजक बुद्धि रिजाल भन्छन्, ‘तेघरी वन क्षेत्रमा राजधानी तोकेपछि चुरे फेदीमा भौतिक संरचना बनाउँदा निश्चित रूपमा वातावरणमा धेरै असर पर्छ ।’ उनका अनुसार कार्यक्रमले विश्व वन्यजन्तु कोषको सहयोगमा तेघरीमा जैविक विविधिता र वातावरणको संरक्षणबारे सन् २००४ देखि काम गर्दै आएको छ । बाघ संरक्षणमा प्राप्त उपलब्धि जैविक मार्ग संरक्षणबाट सम्भव भएको उनले बताए ।

‘सीमापारि भारतको दुदुवा नेसनल पार्कको बाघ तेघरी जंगलमा देखा पर्न थालेको छ । केही समयअघि तराईको बाघ ब्रह्मदेव हुँदै डडेलधुराको जोगबुढासम्म पुग्यो । बाघ ओहोरदोहोर गर्न लालझाडीसँग जोडिएको मोहना जैविक मार्गको महत्व सबैभन्दा बढी छ, यो तेघरी वन क्षेत्रसँग जोडिएको छ,’ उनले भने ।

पूर्ववन अधिकृत रमेश चन्द राजधानी तोक्नुअघि वातावरणीय पक्ष ख्याल गर्नुपर्ने बताउँछन् । ‘जैविक मार्गलाई कंक्रिटको सहर बनाउनु कति उचित हो ? पानी रिचार्ज हुने चुरे फेदी मासेपछि तल्लो तटीय क्षेत्रमा हाहाकार हुने अवस्था विचार पुर्याइएन,’ उनले भने ।

कैलाली जिल्ला वन डिभिजन कार्यालयका सहायक वन अधिकृत भीम ढकालले तेघरीमा राजधानी राख्नेबारे कुनै निकायले छलफल र सोधपुछ नगरेको बताए ।

‘चुरेको खोंचमा राजधानी बसाउँदा प्राकृतिक स्रोतको क्षति र जैविक मार्ग मासिने खतरा रहन्छ,’ उनले भने, ‘चुरे फेदीको १ किमि क्षेत्रसम्म ढुंगासमेत संकलन गर्न नपाइने कानुन छ । तेघरी वन क्षेत्रमा ठूला साल नभए पनि ७० र ८० वर्षभित्र पूर्ण वयस्क हुने पोथ्रा निकै छन् ।’

दुई महिनाअघि प्रदेशसभा बैठकले सांसद तारा लामा तामाङको संयोजकत्वमा प्रदेशको नाम र राजधानी छान्न ५ सदस्यीय विशेष सुझाव समिति बनाएको थियो । सोही समितिले प्रदेशको नाम सुदूरपश्चिम र राजधानी गोदावरीको २ र ४ नम्बर वडामा पर्ने तेघरी वन सिफारिस गरेको हो ।

गोदावरी बजार क्षेत्र भने प्रस्तावित राजधानीको ४ किल्लाभित्र पर्दैन । ‘राजधानीका रोजिएको तेघरी सामुदायिक वनको ८० प्रतिशत वडा नं. २ र २० प्रतिशत ४ नम्बरमा पर्छ,’ स्थानीय कैलाशकुमार जोशीले भने, ‘२०५८ सालमा सामुदायिक वन घोषणा गरिएको हो । अन्यत्र ठूला रूख कमै भए पनि गोदावरी खोलानजिक २ सयभन्दा बढी साल, सिसम, खयर र सिमल छन् ।’

उनले गोदावरी खोलाबाट संकलन हुने ढुंगागिट्टीको करबापत वनले वार्षिक ६ लाख जति उठाउँदै आएको छ । पछिल्ला वर्ष सामुदायिक वन समितिको प्रभावकारी संरक्षणका कारण वन घना हुँदै गएको छ । विभिन्न जातका बोटबिरुवासँगै सालका पोथ्रा प्रशस्त रहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...