भुकम्पपछि आएको सुनामीले लियो ३८० को ज्यान, मृतकको संख्या अझै बढ्नसक्ने अनुमान

Sunami

काठमाडौं । इन्डोनेसियामा भुकम्पसँगै आएको सुनामीमा परी मर्नेको संख्या ३ सय ८० जना पुगेको छ ।

इन्डोनेसियाको पलु शहरलाई केन्द्रबिन्दु बनाएर ७ दशमलव ५ रेक्टर स्केलको भुकम्पपछि आएको सुनामीमा परी ५ सय ४० जना घाइते भएको बिबिसीले जनाएको छ ।

मृतकहरुको संख्या अझै बढ्नसक्ने र अहिलेसम्म सहि तथ्याङ्क आइनसकेको इन्डोनेसियाको राष्ट्रिय अनुसन्धान तथा उद्धार टिमका प्रमुख मोहम्मद स्युगीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । पलु शहरमा ३ लाखभन्दा धेरै मानिसहरुको बसोबास रहेको छ ।

सुनामीले त्यस क्षेत्रको जनजीवन अस्तव्यस्त बनेको छ । सुनामीका कारण तटीय क्षेत्रका अधिकांश संरचनाहरु भत्किएका छन् । इन्डोनेसियामा गत महिनामात्रै लोमबोक टापुमा आएको भूकम्पका कारण सयौंको मृत्यु भएको थियो ।

यसअघि सन् २००४ मा भूकम्पका कारण सुमात्रा टापुमा आएको सुनामीका कारण मात्रै हिन्द महासागर क्षेत्रका करिब २ लाख २६ हजारले ज्यान गुमाएका थिए । जसमध्ये १ लाख २० हजार इन्डोनेसियनको मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस