२० वर्षीया चर्चित नायिका तारारा गोली प्रहार गरी हत्या

Tara naika

काठमाडौं । इराकको बगदादमा इंस्टाग्राम मोडल तारा फारिसको गोली प्रहार गरी हत्या गरिएको छ ।

२० वर्षीया मोडल तारा ट्याटु, स्टाइलिश हेयर कलर्स र डिजाइनर कपडाका कारण चर्चित थिइन् । उनलाई आफ्नै कारमा बसेका बेला गोली प्रहार भएको थियो ।

उनको घटनास्थलमै मृत्यु भएको इराकको गृह मन्त्रालयले जनाएको । उनको सुन्दरता र आकर्षक जीवनशैलीका कारण चरमपंथिले निशाना बनाएको बताइएको छ ।

मोडल ताराको इंस्टाग्राममा २७ लाख भन्दा बढी फलोअर्स छन् । हालै उनलाई इराकको सामाजिक सञ्जालमा सबै भन्दा चर्चित हस्तीका रुपमा सम्मान गरिएको थियो ।

प्रतिकृया दिनुहोस