बालुवा ठेकेदारसँग घुस लिने प्रहरी पक्राउ

Arrested

काठमाडौं । बालुवा ठेकेदारसँग घुस लिने प्रहरी नायब निरीक्षक गोविन्द खरेल पक्राउ परेका छन् ।

खरेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार पक्राउ गरेको हो । सो प्रकरणमा यसअघि १० जना प्रहरी पक्राउ परिसकेका छन् ।

पक्राउ परेकाहरूको बयानको आधारमा सइ खरेलको समेत संलग्नता खुलेको आयोगले जनाएको छ । खरेल महानगरीय प्रहरी वृत्त काँडाघारीमा कार्यरत थिए ।

उनको समेत मिलेमतोमा त्यहाँका अन्य प्रहरीले घुस लिएको खुलेको थियो । खरेललाई गत साता महानगरीय प्रहरी गण नम्बर २ महाराजगन्ज सरुवा गरिएको थियो ।

प्रतिकृया दिनुहोस