विमानस्थल वरपर चंगा उडान प्रतिवन्ध

Changa

काठमाडौं । सुरक्षाको दृष्टिकोणले विमान विमानलस्थल आसपासमा चंगा उडाउन प्रतिबन्ध लगाइएको छ ।नेपाल नागरिक उड्डयन प्राधिकरणले सूचना प्रकाशन गर्दै विमानस्थल वरपर चंगा नउडाउन भनेको हो ।

दशैंको समयमा धेरै चंगा उडान हुने हुँदा हवाई सुरक्षामा असर पर्ने प्राधिकरणले जनाएको छ ।
देशभरीका सबै विमानस्थल आसपासमा विमान उडान र अवतरण गर्ने समयमा चंगा नउडाईदिन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले अनुरोध गरे ।

‘हवाई रुट भएका स्थान बाहेकमा भने चंगा उडाउन कुनै प्रतिवन्ध छैन,’ उनले भने, ‘ कोटेश्वर र बौद्ध क्षेत्रमा चंगा उडान गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान र अवतरण हुने विमानको सुरक्षामा असर पर्छ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...