अजिंगरको उद्धार गरी घोडाघोडी ताल छाडीयो

Ajgar 4

कैलाली । विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी तालमा उद्धार गरिएको अजिंगरलाई छाडिएको छ ।

नगरपालिकाको वडा नं ४ रामपुरको श्रीराम सामुदायिक वनबाट उद्धार गरी ल्याइएको ५६ किलोग्रामको अजिंगर घोडाघोडी ताल क्षेत्रमा छोडिएको हो । उद्धार गरी तालमा छाडिएको उक्त अजिंगर इन्डियन रक प्रजातीको रहेको संरक्षणकर्मीले बताए ।

मंगलबार सामुदायिक वनमा च्याउ खोज्न गएका स्थानीयले उक्त अजिंगर देखेका थिए । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले घस्रने वन्यजन्तुको सूचीमा अजिङ्गरलाई सूचीकृत गरेको छ ।

बढ्दो जनसङ्ख्या वृद्धि, वन फँडानी, सीमसार क्षेत्रहरुको अतिक्रमण र अत्यधिक प्राकृतिक दोहनले अजिङ्गरको आहारा मात्र होइन वासस्थान नै गुम्ने खतरा बढेको संरक्षणकर्मीको भनाइ छ ।

इन्डियन रक र वर्मिज गरी दुई किसिमका अजिंगरका लागि उपयुक्त वासस्थान घोडाघोडीमा रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...