दशैंका लागि अग्रिम टिकट बुकिङ सहज

Ticket bukinga

काठमाडौं । दशैंका लागि अग्रिम टिकट बुकिङ गर्न दुई दिन लागेको लामो लाईन बुकिङ खुलेको तेस्रो दिन पुरै घटेको छ । विभिन्न बहानामा सार्वजनिक यातायात अवरुद्ध हुँदा यात्रुहरु दशैंका लागि टिकट नपाइने त्रासमा थिए । तर, सरकार र यातायात व्यवसायीबीच भएको वार्तापछि खुलेको अग्रिम टिकट बुकिङको लामो लाइन दुई दिनमै घटेको हो ।

दशैंका अधिकांश यात्रुहरु छिट्टै घर जान थालेकाले अग्रिम टिकट बुकिङ गर्नेको लाइन खासै लामो नभएको यातायात व्यवसायीहरु बताउँछन् । असोज २ गते देखि चालक हरुले हड्ताल गर्दै सवारी साधन नै चलाएनन्। पैदल यात्रुलाई गाडीले ठक्कर दिई मरेमा १० वर्ष कैद गर्ने नयाँ कानुनको विरोध गर्दै ४ दिन हड्ताल गरेका थिए ।

त्यस्तै, यातायात वयवसायीहरुले पनि भाडादर बढाउनु पर्ने भन्दै दशैंको अग्रिम टिकट बुकिङ खुलाउन आनाकारी गरेका थिए । सरकारले भदौ २४ गते देखि उपत्यकाबाट बाहिरिनेहरुको लागि अग्रिम टिकट बुकिङ खुलाउने योजना राखे पनि उनीहरुले मानेका थिएनन् । सरकार र व्यवसायीहरुको वार्तामा १० प्रतिशत भाडा वृद्धि गर्ने सहमति भएपछि उनीहरुले ८ गतेदेखि अग्रिम बुकिङ खोलेका हुन्।

तर गत वर्षहरुमा जस्तो टिकट लिनेको धेरै ठूलो लाइन भने छैन । विहान तथा बेलुका सानो लाइन देखिए पनि दिउँसोको समयमा कुनै पनि रुटको टिकटमा लाईन नभएको नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य बताउँछन् ।

यातायात संचालनमा केही दिन अघि समस्या देखिएकोले सर्वसाधारणहरु अहिले नै घर जान थालिसकाले घटस्थापना पछि जानको लागि उनीहरुले टिकट बुकिङमा रुचि नराखेको उनले बताए । बाध्यताले बस्नै पर्ने बाहेक धेरै जसो दशैंको लागि घर जान थालिसकेको उनको भनाई छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...