मृतक खुर्सिदमाथि लगाइएको आरोपले आफन्त झन् पीडित

Ansari

काठमाडौं । सुनसरीमा अज्ञात समुहले असोज ४ गते हत्या गरेका खुर्सिद आलममाथि भारतीय आतंककारीलाई आश्रय दिएको भन्ने आरोप लागेपछि पीडित परिवारले थप पिडामा परेको गुनासो गरेका छन् ।

गृहमन्त्री रामबहादुर थापासँग भेट गरी खुर्सिदका आफन्त र स्थानीय अगुवाहरुले घटनापछि खुर्सिदलाई लाञ्छना लगाएर मिडियामा आएको समाचारले आफूहलाई झनै पिडा थपिएको बताए ।उनीहरुले मृतक खुर्सिदलाई नियोजित रुपमा आरोप लगाईएको भन्दै लगाईएको आरोप तथा आरोप लगाउनेहरुबारे समेत छानविन गर्नुपर्ने गृहमन्त्रीसँग माग राखेका थिए ।

मृतक खुर्सिदका भाई जावेद आलम र काका जमिल आलमले घटना भएको एक हप्ता बित्दासमेत हत्यारा अझै पक्राउ नगरीएको भन्दै छिट्टै पक्राउ गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

भेटमा गृहमन्त्री थापाले आलमको हत्यारालाई कानुनको कठघरामा ल्याईछाड्ने दाबी गरेका छन्।
गृहमन्त्री थापाले घटना लगत्तै छानविन समिति गठन गरी काम अघि बढेको बताउदै केही दिनमै हत्याराको पहिचान हुने विश्वास व्यक्त गरे । उनले नेपालमा रहेका मुस्लिम समुदायको सुरक्षालाई सरकारले विशेष प्राथमिकतामा राखेको प्रष्ट पारेका थिए ।

खुर्सिदले चारजना इन्डियन मुजाहिद्दिनका लडाकुलाई घरमा आश्रय दिएको आरोप लागेको थियो । उनी ती चार लडाकुलाई नेपाली नागरिकता र राहदानी उपलब्ध गराएको गृहको अनुसन्धानमा खुलेको थियो। गृहले ती चार लडाकुले पाएको नागरिकता र राहदानी रद्द गरेको हो ।

भारतका विभिन्न सहरमा सन् २००८ मा भएको श्रृखंलावद्ध बम आक्रमणका आरोपीलाई नेपालमा संरक्षण र आश्रय दिएको आरोप लागेका खुर्सिदलाई भारतीय सुरक्षा निकायले निगरानीमा राखेका थिए ।

खुर्सिदले चार जना भारतीय आतंककारीलाई नक्कली कागजपत्र र बाबु खडा गरेर नेपाली नागरिकता र राहदानी उपलब्ध गराएका थिए । राजनीतिक पार्टी र मुस्लिम धर्म संगठनको आवरणमा रहेका खुर्सिदले नातेदारका हैसियतमा आश्रय दिएको पनि उनी त्यसबेला कानुनी कारवाहीबाट जोगिएका थिए ।

भारतका विभिन्न सहरमा सन् २००८ मा बम बिस्फोट गराएर फरार भएका आइएमका ४ लडाकुलाई नेपालमा मौलाना खुर्सिदले संरक्षण र आश्रय दिएको चैत २०७१ मा खुलासा भएको थियो। भारतका बनारस, गोरखपुर, फैजाबाद, जयपुर, अहमदाबाद, लखनउ र दिल्लीमा आइएमले गराएको बम बिस्फोटमा १ सय ६६ जनाको मृत्यु र सयौं घाइते भएका थिए ।

भारतको आग्रहमा नेपाल प्रहरीको विशेष ब्यूरोले गरेको विस्तृत अनुसन्धानमा भारतीय सुरक्षा निकायले सर्वाधिक खोजी गरेका आतंककारीहरु सलमान शेख, डाक्टर सहनवाज, वादा साजिद, मोहम्मद खालिद र अबु रसिदलाई मौलाना खुर्सिदकै सहयोगमा सुनसरीको नरसिंह गाविसको स्थायी बासिन्दा बनाएर नागरिकता र राहदानी उपलब्ध गराइएको थियो । चारै जनाले जिल्ला प्रशासन कार्यालय सुनसरीबाट नक्कली कागजपत्र र बाबु बनाएर २०६६ जेठ र असारमा नागरिकता र राहदानी लिएको खुलेको थियो ।

उनीहरु चारैजना २०६६ असार र भदौमा पालैपालो अल अरेबियाको उडानबाट नेपाली नागरिकका हैसियतमा बाहिरिएका थिए । त्यसयता मौलाना खुर्सिद भारतीय गुप्तचर संस्थाहरुको निगरानीमा थिए । खुर्सिदबारे भारतीय गुप्तचर संस्थाले भारतीय दूतावास मार्फत नेपाल सरकारलाई औपचारिक जानकारी गराएपछि ९ माघ २०७१ बाट अनुसन्धान सुरु भएको थिये ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...