३९औं पर्यटन दिवसको पूर्वसन्ध्यामा सरसफाइ

Bhairawa

भैरहवा । ३९औं पर्यटन दिवसको पूर्वसन्ध्यामा बुधबार नेपाल–भारत सीमानाका बेलहियामा सरसफाइ गरिएको छ ।

नेपाल एसोसिएसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा)को समन्वयमा विभिन्न पर्यटन सम्बद्ध संघ–संस्थाले सीमानाका बेलहियादेखि बाइपासरोडसम्म सरसफाइ गरेका हुन् ।

पर्यटन दिवसका दिन आउने पर्यटकको स्वागतका लागि सफाइ र अरु सबै तयारी पूरा भएको नाट्टाले जनाएको छ ।

प्रतिकृया दिनुहोस