फड्के कीराका कारण तराईमा २५ प्रतिशत धानबाली नोक्सान

Dhanbali nasta

काठमाडौं । कैलाली, कञ्चनपुरलगायत तराईका जिल्लामाहरुको धानबालीमा फड्के (ब्राउन होपर) कीराले ब्यापक नोक्सानी पुर्याएका छन् ।

पाक्न नपाउँदै धानमा फड्के कीराले आक्रमण गरेपछि त्यहाँका किसानले नोक्सानी ब्यहोर्न परेको छ ।

धानको बोटको रस चुसेर खाने, धान पाक्न नपाउँदै ढल्ने र दाना र पराल कामै नलाग्ने भएको छ । खेतमा लगाएको धानबाली पूरै फड्के कीराको प्रकोपका कारण नोक्सान भएको बताइएको छ ।

विषादी हालेर कीरा नियन्त्रण गर्न खोजे पनि नियन्त्रण नभै झनै पूरै खेतमा फैलिएको छ । पहिले सानो ठाउँमा धानका बोट कुहिएर खस्न थालेका थिए । अब पूरै खेतमा कीराको समस्या देखिएको छ ।

मेहनत गरेर लगाएको पूरै धानबाली कीराले सखाप पारेपछि किसानहरु चिन्तित भएका छन् । खेतमा लगाएको धान परिवारका लागि वर्षभरि खानका लागि राखेर बिक्री गर्नसम्म हुने धान पाक्न नपाउँदै कीराका कारण कुहिएपछि खानकै लागि किन्नुपर्ने अवस्था आउन सक्ने बताइन्छ ।

२५ प्रतिशत भन्दा बढि धानबाली नोक्सान भएको स्थानीले अनुमान गरीएको छ ।

प्रतिकृया दिनुहोस