बिरामीको चाप बढ्दै सिभिल अस्पतालको प्रगति सुरु

Civil

काठमाडौं । काठमाडौंको सिभिल अस्पतालको प्रगति गर्न सुरु गरिएको छ ।

बिरामीको चाप बढ्दै गएपछि अस्पतालको स्तरोन्नति सुरु गरिएको हो । हाल १२० शैय्या रहेको अस्पताललाई झन्डै तीन सय शैय्यासहितको सुविधा सम्पन बनाउने गरी स्तरोन्नति थालिएको हो । २ वर्षअघि चीन सरकारसँग अस्पतालको स्तरोन्नति गर्न सम्झौता भएअनुरुप बुधाबारबाट काम सुरु गरिएको हो ।

सम्झौताअनुसार अत्याधुनिक प्रविधिको सुविधासहित बुधबारबाट अस्पतालकै छेउमा सर्जिकल ब्लक बनाउन सुरु गरिएको छ । सर्जिकल ब्लकको शिलान्यास संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले गरे ।

प्रतिकृया दिनुहोस