ट्रम्पका भनाइलाई कडा प्रतिवाद: इमानुयल माक्रों

Trumppp

काठमाडौं । फ्रान्सका राष्ट्रपति इमानुयल माक्रोंले संयुक्त राष्ट्रसंघको महासभामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइलाई कडा प्रतिवाद गरेका छन् ।

ट्रम्पले महासभालाई सम्बोधन गर्दै आफू प्रत्येक देशको परम्परा, विश्वास र मूल्य–मान्यताको अधिकारलाई सम्मान गर्ने तर अरुले पनि अमेरिकाको सम्प्रभुतालाई सम्मान गर्नुपर्ने बताएका थिए ।

ट्रम्पको सम्बोधनलगत्तै महासभालाई सम्बोधन गर्दै फ्रान्सेली राष्ट्रपति माक्रोंले भने, ‘हामीले सम्प्रभुताको सिद्धान्त मान्न कहिल्यै अस्वीकार गरेका छैनौं तर यसलाई हतियारको रुपमा प्रयोग गर्न हुँदैन ।’

उनले यस्ता विषयमा सम्वाद गर्न जरुरी रहेको बताए । उनले ट्रम्पतर्फ संकेत गर्दै भने, ‘म सम्प्रभुताको सिद्धान्तलाई ती राष्ट्रवादीको हातमा छाड्न सक्दिनँ जो हाम्रो मान्यतामाथि हमला गर्दछन् ।’ उनले शक्तिशालीले बनाएको कानूनमा आफूले विश्वास नगर्ने पनि बताए ।

 

 

प्रतिकृया दिनुहोस