पेस्तोल सहित २ जना पक्राउ

Pestol

जनकपुर । धनुषाबाट पेस्तोल सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पेस्तोलमा प्रयोग हुने गोली सहित राजगिरकुमार महतो र सत्रुधन ठाकुरलाई प्रहरीले प्रक्राउ परेको हो ।

इलाका प्रहरी कार्यालय खजुरीले दुबै जनालाई एक थान चाइनिज पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ परेका हुन ।

पक्राउ दुवै जना लुटपाट चोरी डकैतीको घटनाहरुमा संलग्न भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

पक्राउ दुवैजनामाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरीक्षक शेषराज थान्दारले जानकारी दिए ।

प्रतिकृया दिनुहोस