‘प्रेम चक्कर’मा परेका डाक्टरले गरे अपहरणको नाटक !

Doctor nepal

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिरहामा मंगलबारबार साँझ डाक्टर सुवास यादवलाई एउटा अपरिचित समूहले अपहरण गरेको सूचना आयो । त्यो सूचना दिने अरु कोही नभएर डाक्टर यादवकी श्रीमतीले नै दिइन् ।

श्रीमतीले आफ्ना श्रीमान अपहरणमा परेको भन्दै प्रहरीमा जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी जीवन श्रेष्ठले मातहतका निकायको खोजीका लागि आवश्यकमात्रै दिएनन् प्रदेश नम्बर २ का अरु प्रहरी कार्यालय समेतको समयन्वयमा अपहरणकारी भनिएकाहरुको खोजी कार्य तीब्र पारियो ।

साँझ ७ बजेर १० मिनेटमा लहानस्थित आफ्नै ससुराली घरबाट डाक्टर यादव अपहरणमा परेको बताइएको थियो । प्रहरीले उनको फोटोसहित राजमार्गनै बन्द गरेर खोजतलास गर्ने क्रममा सर्लाहीको नवलपुरबाट मोटरसाइकलमा सवार रहेकै अवस्थामा राती अबेर सकुसल फेला पार्यो ।

एसपी श्रेष्ठले उनलाई मोटरसाइकलमा सवार रहेकै अवस्थामा नवलपुरमा सकुसल फेला पारेको जानकारी दिए ।

‘हामीले सबै प्रहरी युनिटमा डाक्टर यादवको हुलियासहित खोजतलासका लागि सर्कुलर जारी गरेका थियौं’, एसपी श्रेष्ठले भने, ‘प्रेम बम नामका मोटरसाइकल चालकको पछाडि बसेर उनी जाँदै गरेको अवस्थामा दुबै जनालाई नियन्त्रणमा लिएका छौं ।’

प्रहरीका अनुसार मोटरसाइकल रोकेरमोटरसाइकल रोकेर सोधपुछका क्रममा उनले आफू डाक्टर यादव नभएको भन्दै ढाँट्ने प्रयास गरेका थिए । तर, प्रहरीले फोटो देखाएपछि भने हच्किँदै आफू अपहरणमा नपरेको र घुम्न निस्किएको जवाफ दिएका थिए ।

त्योसँगै प्रहरीले यादव र बमलाई इलाका प्रहरी कार्यालय सिरहामा राखेर सोधपुछ गरिरहेको छ ।

प्रेमको चक्कर

प्रहरीका अनुसार मकवानपुरको हेटौंडास्थित सहकारी अस्पतालमा कार्यरत डा यादव पछिल्लो एक महिनायता लहानस्थित ससुराली घरमा बस्दै आएका थिए । हेटौडामा हुँदा उनको एक युवतीसँग प्रेम चक्कर रहेको र ती युवतीबाट छुटाउन श्रीमती र ससुरालीको दवावमा उनी त्यहाँ बस्दै आएका थिए ।

प्रेमकै लफडाका क्रममा उनले आफैं अपहरणमा परेको नाटक गरेको हुनसक्ने भन्दै प्रहरीले अनुसन्धानको पारो त्यसतर्फ पनि सोझ्याएको छ ।

प्रहरीलाई प्राप्त प्रारम्भिक जानकारीअनुसार घरबाट अपहरणमा परेको भनिएको बेला उनलाई चार जनाको समूहमा आएकाहरुले गाडीमा हालेर लगेका भएपनि फेला पर्दा मोटरसाइकलमा परेका थिए ।

एसपी श्रेष्ठले अहिले अनुसन्धान प्रक्रिया जारी रहेको भन्दै अपहरणको नाटक गरिएको पाइए झूटो सूचना दिएको अभियोगमा सार्वजनिक मुद्दा चलाइन सकिने बताए । यदी अपहरण भएकै पुष्टि भएको खण्डमा चाही प्रहरीले आरोपीलाई अपहरण तथा शरीर बन्धकको मुद्दा चलाउने छ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...