‘प्रेम र विवाहको सम्बन्ध’ पुरै पढनुहोला

Marrige

काठमाडौं । प्रेमलाई मनुष्यको जीवनको केन्द्र बनाउन सकेको छैन । त्यसैले भूल भएको छ । अब त प्रेम जीवनको केन्द्र बन्ने पनि छैन । कनकि जुन चीजका लागि हल्लाखल्ला गरिरहेका छौँ । आदार गरिरहेका छौं । सम्मान गरिरहेका छौं । अनि कसरी हुन सक्छ ?

मनुष्यको जन्मदेखी मृत्युसम्मको यात्रा गलत भएको छ । त्यसमाथि पुनर्विचार गर्नु जरुरी छ । अन्याथा हामी कामना मात्र गर्न सक्छौं । केही उपलव्धी हुन सक्दैन । तपाईको परिवार नै प्रेमको शत्रु हो भन्ने कुरा कहिल्यै मनमा आयो रु के पताईले कहिल्यै सोच्नुभएको छ, तपाईको समाज प्रेमको शत्रु हो भनेर , मनदेखी लिएर आजसम्मका सबै नीतिकार प्रेमकाक विरोधी हुन् भन्ने कुरा तपाईंको मनमा कहिल्यै आयो ?

जीवनको केन्द्र परिवार हो । अनि परिवार चाँही विवाहमाथि अड्याइएको छ । वास्तवमा परिवार प्रेममथि अडिनुपथ्र्यो । यही भूल भयो ।

मानिसको सारा परिवारिक विकासमा यही मूलभूत गल्ती भएको छ । प्रेमकको केन्द्रमा परिवार बन्नुपथ्र्यो तर विवाहको केन्द्रमा परिवार बनाइएको थियो । यो भन्दा ठूलो मिथ्या कुरा अरु केही हुन सक्दैन ।

प्रेम र विवाहको के सम्बन्ध छ ?

प्रेमबाट त विवाह उत्पन्न हुनसक्छ । तर विवाहबाट प्रेम उत्पन्न हुँदैन र हुन पनि सक्दैन । यस कुरालाई अलिकति बुझ्यौं भने हामी अगाडि बढ्न सक्छौं । प्रेम परमात्माको व्यवस्था हो । तर विवाह मानिसको व्यवस्था हो ।

विवाह सामाजिक संस्था हो, प्रेम प्रकृतिको वरदान हो । प्रेम त प्राणको कुनै कुनामा अन्जानमै, अपरिचित रुपमा उत्पन्न हुन्छ । तर विवाह ? विवाहलाई समाज र कानूनले नियमित गर्छ, स्थिर गराउँछ, बनाउँछ । विवाह मानिसको सृष्टि हो । अनि, प्रेम ? प्रेम परमात्माको वरदान हो ।

हामीले सारा परिवारलाई विवाहको केन्द्रमा अड्यिाइदिएको छौं । प्रेमको केन्द्र माथि होइन । हामीले विवाह गरिदिनासाथ दुई व्यक्ति प्रेमको दुनियाँमा डुबुल्की लगाउन थाल्छन् भने मान्यता राखेका छौं । यो साह्रै झूठो कुरा हो । त्यसैले पाँच हजार वर्षमा पनि हामीलाई यो कुराको ख्याल हुन सकेन । हामी विचित्रका अन्धा हौं ।

दुई व्यक्तिहरुलाई विवाहको नाममा संगै राख्दैमा प्रेम उत्पन्न हुन्छ भन्ने छैन । अनिवार्यता छैन । साँचो कुरा के हो भने जुन व्यक्तिहरु एकअर्कामा बाँधिएका अनुभव गर्छन्, उनिहरुको आपसमा कहिल्यै पनि प्रेम गर्न सक्दैनन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...