आमाको नामबाट नागरिकता दिन सर्वोच्चको आदेश

नेपाली नागरिकता

काठमाडौ‌ । सर्वोच्च अदालतले महोत्तरीको मटिहानी नगरपालिका–८ का अर्जुनकुमार साहलाई आमाको नामबाट नागरिकता प्रदान गर्न जिल्ला प्रशासन कार्यालय महोत्तरीलाई आदेश दिएको छ ।

सर्वोच्चका न्यायाधीश दीपककुमार कार्की र तेजबहादुर केसीको संयुक्त इजलासले सोमबार साहलाई आमाको नाममा नागरिकता प्रदान गर्न आदेश दिएको हो ।

६ वर्षअघि आमाको नामबाट नागरिकता लिन खोजेका साहलाई जिल्ला प्रशासन कार्यालय महोत्तरीले अन्तरिम संविधान २०६३ मा त्यस्तो व्यवस्था नभएको भन्दै नागरिकता दिन अस्वीकार गरेको थियो ।

उनकी आमाले विदेशी नागरिकसँग बिहे गरे पनि ३८ वर्षदेखि उनीहरू नेपालमै बसोवास गरिरहेका छन् । नेपालमै जन्मेहुर्केको र आफूले विदेशी नागरिकता नलिएको भन्दै उनले नागरिकताको प्रमाणपत्रका लागि आवेदन दिएका थिए । तर, नागरिकता नपाएपछि उनी सर्वोच्चसम्म पुगेका हुन् ।

सर्वोच्चले नयाँ संविधानको व्यवस्थाअनुसार नै साहलाई आमाको नामबाट नागरिकता दिन आदेश जारी गरेको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...