‘किम सँगको दोस्रो शिखर वार्ता छिट्टै हुने’

Trump kim summit singapore

काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ सँगको दोस्रो शिखर वार्ता छिट्टै हुने विश्वास अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यक्त गरेका छन् ।

ट्रम्पले किमसँगको भेटवार्ताबाट पनि आश्चर्यजनक उपलब्धि हुने विश्वास सोमबार राष्ट्रसङ्घको महासभामा पुगेका सञ्चारकर्मीसँगको भेटपछि व्यक्त गरेका थिए ।

उनले धेरै बिषयहरूमा छलफलपछि व्यापक सहमतिका आधार बनेका र अर्को भेट टाढा नभएको प्रतिक्रिया दिएका थिए । उनले भने ‘हाम्रो दोस्रो शिखर सम्मेलन मलाई चाडै नै होला जस्तो लागेको छ ।’

दक्षिण कोरिया र उत्तर कोरियाका शीर्ष नेताहरुको बैठकपछि दक्षिण कोरिया र चीनले तत्काल अमेरिकासँग फेरि वार्ता गर्न उत्तर कोरियालाई सुझाव दिएका थिए ।

दक्षिण कोरिया र चीनको सुझाव सार्वजनिक भएको केही दिनपछि अमेरिकी राष्ट्रपति ट्रम्पले चाडै वार्ता हुने विश्वास व्यक्त गरेका हुन् ।

ट्रम्प र किमबीचको बहुचर्चित पहिलो शिखर सम्मेलन यसअघि गत जुनमा सिङ्गापुरमा भएको थियो ।

प्रतिकृया दिनुहोस