बरिष्ठ पत्रकार घिमिरेद्वारा पुरस्कारको रकम मानव सेवा आश्रमलाई

Patrakar puruskar jpg

काठमाडौं । बरिष्ठ पत्रकार युवराज घिमिरेले आफूले पाएको पुरस्कारमा रकम थपेर मानव सेवा आश्रमलाई प्रदान गरेका छन् । देशसञ्चार अनलाइनका सम्पादक घिमिरेले पाएको ‘गोपालदास पत्रकारिता पुरस्कार’को रकममा देशसञ्चारका तर्फबाट रकम थप गरी मानव सेवा आश्रमलाई प्रदान गरेका हुन् ।

आज यहाँ एक कार्यक्रमको आयोजना गरी घिमिरेले आफूले पाएको पुरस्कार रकम रु एक लाख पाँच हजार र देशसञ्चारका तर्फबाट थप गरिएको रु ५२ हजार ५०० गरी रु एक लाख ५७ हजार ५०० मानव सेवा आश्रमलाई प्रदान गरेका घिमिरेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

उनलाई शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले ‘गोपालदास पत्रकारिता पुरस्कार’बाट सम्मानित गरेकी थिइन् । आज घिमिरेले मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीलाई संस्थाकै कार्यालयमा आयोजित कार्यक्रममा सो रकम हस्तान्तरण गरेका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...