फिलिसिन्समा पहिरोमा परी ९५ जना मुत्यू

Philipings

काठमाडौं । फिलिसिन्समा गत हप्ता दुई स्थानमा भीषण रुपमा गएको पहिरोमा परी ९५ जना मुत्यू भएको त्यहाँका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

पहिरोमा अझै पनि ५९ जना बेपत्ता रहेका छन् भने करिब ३० ओटा घर डुबानमा परेका छन् ।

उत्तरी फिलिपिन्सको बेन्गुएट प्रान्तको इटओगोन शहरका ४९ व्यक्तिको शव निकालिएको र मध्य फिलिसिन्सको सेबु प्रान्तको नगा शहरमा ४६ जनाको शव निकालिएको अधिकारीहरुले बताएका छन् ।
फिलिपिन्सको लुजोन द्वीपबाट गत सेप्टेम्बर १५ मा शुरु भएको म्याङ्कुट नामक भीषण आँधीपछि यहाँ पहिरोले सताएको छ ।

यस वर्षको नै भीषण आँधीको रुपमा आएको म्याङ्कुटबाट करिब १६ लाख कृषक र माझीहरु प्रभावित भएका छन् ।

फिलिपिन्समा यस वर्ष आएको यो १५ औं आँधी हो । म्याङ्कुट भने सबैभन्दा शक्तिशाली आँधीका रुपमा रहेको छ । यस वर्षको अन्त्यसम्म अझै पनि चार या पाँच वटा आँधी आउने फिलिपिन्सको मौसम विज्ञान विभागले जानकारी दिएको छ । फिलिपिन्सका हरेक वर्ष करिब २० पटक आँधी आउने गरेको छ ।

 

प्रतिकृया दिनुहोस