एसिड आक्रमणकी घाइते सम्झना दासले गुमाइन् ज्यान

Samjhana das

काठमाडौ‌ । गएको भदौ २६ गते एसिड आक्रमणमा परेकी १८ वर्षीया सम्झना दासको मृत्यु भएको छ । रौतहटको चन्दनिगहापुरमा एसिड हानेर गम्भीर घाइते बनाइएकी दासको उपचारको क्रममा किर्तिपुर अस्पतालमा निधन भएको हो ।

बुवा जादोलाल दासका अनुसार सम्झनाको गएराति ११ बजे उपचारकै क्रममा मृत्यु भएको हो ।

आफ्नै घरमा सुतिरहेको बेला मध्यराती सम्झना र उनकी बहिनी सुस्मितामाथि एसिड प्रहार भएको थियो । सुस्मिताको अबस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ ।

एसिड प्रहार गरेको अभियोगमा प्रहरीले स्थानीय ५० वर्षीय रामबाबु पासवानलाई पक्राउ गरेको छ ।

पासवानले सम्झनालाई एकतर्फी प्रेम गर्दै आएका र सम्झनाले वेवास्ता गरेपछि उनले एसिड आक्रमण गरेको प्रहरीले जनाएको छ ।

दासले आफूसँग अनैतिक सम्बन्ध राख्न नमानेपछि आक्रमण गरेको बयान पासवानले प्रहरीलाई दिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...