विषाक्त मदिरा सेवनबाट मर्ने नेपालीको संख्या ९ पुग्यो, अझ तिन जनाको अवस्था गम्भीर

Bisad mdira

काठमाडौं । मलेसियाको सेलाङ्गोर राज्यमा केही दिन अघि भएको विषाक्त मदिरा सेवनको घटनामा मृत्यु हुने नेपाली श्रमिकको सङ्ख्या ९ पुगेको छ ।

यसअघि ७ जनाको ज्यान गएकोमा थप दुई जनाको उपचारका क्रममा ज्यान गएको बताएको छ ।

सर्लाहीका शेरबहादुर ठकुरी र ठेगाना नखुलेका शुकुबल घिसिङको ज्यान गएको मलेसियाका लागि कार्यबहाक नेपाली राजदूत कुमारराज खरेलले उज्यालोलाई जानकारी दिए ।

विषाक्त रक्सीका कारण प्रभावित भएका २४ जना नेपाली मध्येमा ९ जनाको ज्यान गइसकेको छ भने ६ जना उपचार गराएर फर्किएका छन् । मलेसियाका विभिन्न अस्पतालमा उपचार गराइरहेका ९ जना मध्ये तीन जनाको अवस्था गम्भीर रहेको कार्यबहाक राजदूत खरेलले बताए।

मलेसियाको स्थानीय समयअनुसार दिउँसोको दुई बजेसम्ममा मृत्यु हुनेको संख्या ३६ पुगेको स्थानीय सञ्चारमाध्यामले उल्लेख गरेका छन् । सेलेङगरमा २४, क्वालालाम्पुरमा ९, पेरकमा ३ जनाको ज्यान गएको हो ।

तीन जनाको शव अब नेपाल ल्याउन सकिने

मृत्यु हुने मध्येमा तीन जनाको शव नेपाल ल्याउन सकिने नेपाली दूतावास मलेसियाले जनाएको छ । अनुसन्धान सकिएकाले सर्लाहीका आइतसिंह गोले लगायत तीन जनाको शव नेपाल पठाउन सकिने मलेसियन प्रहरीले जानकारी दिएको कार्यबहाक राजदूत खरेलले बताए ।

तर शव नेपाल पठाउनका लागि आफन्तबाट मन्जुरी पत्र आउनु पर्ने उनले जानकारी दिए । ज्यान गुमाउने कसैका परिवारले पनि शव झिकाउन अहिलेसम्म मन्जुरी पत्र दिएका छैनन् ।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमा पनि अलिहेसम्म मृतकका परिवारले शव झिकाउन अनुरोध नगरेको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिए ।

रक्सीका कारण मृत्यु भएकाले प्रहरी अनुसन्धान नसक्किएसम्म र प्रहरीले अनुमति नदिएसम्म शव नेपाल झिकाउन मिल्दैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...