धनुषामा घाँटी रेटि हत्याको प्रयास

Ghati thichera

धनुषा । एक युवकको घाँटी रेटि हत्याको प्रयास भएको छ ।

धनुषाधाम नगरपालिका वडा नम्बर १ का ३० वर्षका शिवकुमार सादाको आधाभन्दा बढी घाँटी रेटिएको अवस्थामा जिउँदै घर आएको उनको परिवारले जनाएको छ ।

राति झण्डै ३ बजेतिर शिवकुमार रेटिएको घाँटी समातेर घर आएपछि घटनाबारे थाहा भएको उनका बाबु गरहवा सादाले बताए ।

बोल्न सक्ने अवस्थामा समेत नभएका शिवकुमारलाई उपचारको लागि बिहान जनकपुर अञ्चल अस्पताल ल्याइएको थियो ।

तर यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि विमानबाट काठमाडौं लगिएको छ । शिवकुमारको आधाभन्दा बढी घाँटी रेटिएकाले यहाँ उपचार सम्भव नभएको जनकपुर अञ्चल अस्पतालका एक चिकित्सकले बताएका छन् ।

घटना कसले र किन गराएको भन्ने केही खुलेको छैन । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिकृया दिनुहोस