विद्युत् सर्ट भइ आगलागी

Aago lagi

नवलपरासी । कावासोती नगरपालिका–८ मा विद्युत् सर्ट भई आगलागी भएको छ ।

आइतबार बिहान ३ बजेको समयमा आगलागी भएको हो । वासोती–८ निवासी पूर्णचन्द्र लम्सालको टिनले छाएको घरमा आगलागी भएको हो ।

आगलागीबाट अन्नपात, लत्ताकपडा र नगद गरी ५ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । आगो दमकल, प्रहरी र स्थानीयको प्रयासमा २ घण्टामा नियन्त्रणमा आएको थियो ।

आगलागीबाट कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस