नवलपरासीमा छुट्टाछुट्टै दुर्घटनामा १ जनाको मृत्यु,१० जना घाइते

A

नवलपरासी । नवलपरासीमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा एक जनाले ज्यान गुमाएका छन् भने १० जना घाइते भएका छन् ।

बर्दघाट सुस्ता पुर्व हुप्सिकोट गाँउपालीका–४ भैसीघाटमा हिजो बेलुकी जिप दुर्घटना हुँदा घाइते भएका २ मध्ये एक जनाको मृत्यु भएको छ । जिप चालक बौदीकाली गाँउपालीका–४ का ३५ बर्षीय कुष्ण सुनारीको उपचारको क्रममा कालीगण्डकी अस्पताल कावासोतीमा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका परिचालक मेख बहादुर मर्साङगीको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको छ ।

हिजो बेलुकी सवा ८ बजे शंखरदेवबाट हात्तिखोरतर्फ जाँदै गरेको लु१ज २९२७ नम्बरको जिप अनियन्त्रित भई सडकबाट अन्दाजी २५ मिटर तल खसेको थियो ।

यता, नवलपरासीकै बर्दघाट सुस्ता पुर्व गैंडाकोट नगरपालिका–१० थुम्सीमा आज बिहानै भएको सवारी दुर्घटनामा ९ जना घाइते भएका छन् ।

बिहान सवा ३ बजे बिग्रीएर सडक छेउमा रोकी राखेको ट्रकलाई बा ४ ख १३२१ नम्बरको हाइस माइक्रोले ओभरटेक गर्ने क्रममा माइक्रो विपरित लेनबाट आउँदै गरेको ना ४ ख २४८ नम्बरको ट्रकसँग ठोकिएको थियो । दुर्घटनामा माइक्रोमा सवार यात्रुहरु घाइते भएका हुन् ।

घाइते सबैलाई उपचारको लागी चितवन मेडिकल कलेज भरतपुर पठाइएको छ । घाइते मध्ये नवलपरासी देवीचुली १६ का ७७ बर्षीय जित बहादुर बुढाथोकीको अवस्था भने गम्भिर रहेको ईलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...